पत्रपत्रिका

४५ दिन बितिसक्दा पनि बस्न सकेन बागमती प्रदेश सभा बैठक

मकवानपुर । बागमती प्रदेश सभा बैठक ४५ दिन बितिसक्दा पनि बस्न सकेको छैन । यसअघि २१ असारमा चालू आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न प्रदेश सभा बैठक बसेको थियो । त्यसयता ‘अनिश्चितकालका लागि स्थगित’ भनिएको प्रदेश सभा बैठक बस्न सकेको छैन । सरकारले पर्याप्त बिजनेस दिन नसक्दा सदन प्रभावहीन देखिएको छ ।...

स्थापित र यादव एमालेबाट बिदा, मणिलाई स्पष्टीकरण !

नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ ।

साढे पाँच वर्ष बितिसक्दा पनि बनेनन् प्रदेश सरकारका स्थायी भवन

मकवानपुर । बागमती प्रदेश सरकारले स्थापनाको साढे पाँच वर्ष बितिसक्दा पनि व्यवस्थित स्थायी संरचना बन्न सकेको छैन । स्थायी संरचना नबन्दा मन्त्रालय, मन्त्री र पदाधिकारीको सरकारी निवास भाडाबापत करोडौँ रुपियाँ खर्च हुने गरेको छ । अधिकांश मन्त्रालय र निकाय तत्कालीन अवस्थामा खारेजीमा परेका सरकारी भवनबाट सञ्चालन भइरहेका छन् ।मन्त्रीहरूको...

बागमती प्रदेशमा प्रहरीका ४९ नयाँ भवन निर्माण सम्पन्न

मकवानपुर। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ भने १८ भवन निर्माणाधीन छन् । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब १० करोड...

बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै

मकवानपुर । बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ । सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ । प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण...

हेटौंडा सिमेन्ट उद्योग भेन्टिलेटरमा

मकवानपुर । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उद्योग हो हेटौंडा सिमेन्ट उद्योग। तर, सरकारको स्वामित्वमा भए पनि यो उद्योग केही वर्षयता निरन्तर घाटामा छ। यसले गर्दा उद्योग बन्द हुने स्थितिमा पुगिसकेको छ। नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा यो उद्योग २०३३ सालमा स्थापना भएको थियो। २०४२ सालदेखि व्यावसायिक...

नदी प्रदुषणले सङ्कटमा बागमती तटीय बस्ती

मकवानपुर। बकैया गाउँपालिका–१२, ठिङ्गनबेँसीका ५७ वर्षीय कमल घले २० वर्षअघिसम्म बागमती नदी किनारमा तीन चारवटा पानी घट्ट चलाउनुहुन्थ्यो। घट्टमा मकै, कोदो पिसेर पाएको ज्याला र बागमती नदीमा मारेको माछा बेचेर सात जनाको परिवार पालिएका थिए। अहिले अवस्था त्यस्तो छैन, नदी प्रदूषित र दुर्गन्धित हुँदै गएपछि उहाँको पानी घट्टको व्यवसाय...

बिन्दावासिनीको सांसद बन्ने सपना अधुरै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै हेटौंडाकी विन्दाबासिनी कसांकारलाई सांसद बनाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठले दिएको...

गजुरेललाई बागमती प्रदेशको योजना नीति आयोगमा नियुक्ति दिन कार्यविधि संशोधन

मकवानपुर । बागमती प्रदेश सरकारले योजना तथा नीति आयोगमा निश्चित व्यक्तिलाई नियुक्ति दिलाउन गठन तथा कार्यसञ्चालन आदेश परिवर्तन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सचिवालयमा रहेर काम गरेका नुवाकोटका किरणप्रसाद गजुरेललाई नियुक्ति दिलाउन आदेश परिवर्तन गरिएको हो । विगतको कार्यविधिमा उल्लेख भएको अनुभव तथा उमेरको प्रावधान घटाएर...

हेटौंडा औद्योगिक क्षेत्रभित्रको १९ किमि सडक स्तरोन्नति हुँदै

मकवानपुर। हेटौँडा औद्योगिक क्षेत्रभित्र लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। औद्योगिक क्षेत्रभित्र झन्डै १९ किमि सडक रहेकोमा अधिकांश कि ग्राभेल सडक छ कि त कालोपत्रे भत्किएर जीर्ण अवस्थामा छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कपडा उद्योगदेखि खाद्य उद्योगसम्म र कमाने गेटदेखि त्रिमूर्ति प्लास्टोसम्मको सडकखण्ड कालोपत्रे...