मेरो पालिका
निजगढ नगरपालिकाको बेथिति : आवश्यकता बेगर कर्मचारी भर्ना, काम नै नगरी रकम भुक्तानी
बारा । बाराको निजगढ नगरपालिकाले आवश्यकता बेगर कर्मचारी भर्ना गरेको पाइएको छ । नगरपालिकालाई करारबाट लिन आवश्यक कर्मचारीको दरबन्दी प्रस्तावनै नगरी हचुवाको भरमा आवश्यकता बेगर कर्मचारी भर्ना गरेको हो । ३७ जना स्थायी कर्मचारी कार्यरत पालिकामा प्राविधिक तथा अन्य कर्मचारी समेत गरि ५८ जना करारमा भर्ना गर्दा राज्यलाई थप...
नाफामूलक संस्थालाई निजगढ नगरपालिकाको अनुदान
बारा । बाराको निजगढ नगरपालिकाले नाफा कमाउने उद्देश्यका साथ सञ्चालनमा रहेको संस्थालाई अनुदान वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आवमा नगरपालिकाले नगरका तीन वटा नाफामूलक संस्थालाई अनुदान वितरण गरेको खुलेको हो । संघ र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा...
कक्षा ८ को नतिजा प्रकाशन (नतिजा हेर्ने लिङ्कसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले यस वर्षको कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाख प्रमुख गंगाधर रिमालले नतिजा आज बुधबार प्रकाशित गरेको र नतिजा उपमहानगरको बेभसाइट मार्फत हेर्न मिल्ने बताएका छन्। हेटौंडा उपमहानगरपालिका आधारभूत तह उत्तिर्ण परीक्षा समितिको मंगलबार बसेको बैठकले नतिजा प्रकाशन गर्ने...
पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनहरीका वडा अध्यक्षको अबैध फर्निचर
मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले अवैध रुपमा फर्निचर उद्योग सञ्चालन गरीरहेका छन् । उनले विगत ७ बर्ष देखी बिना अबरोध निकुञ्ज भित्र दर्ता नै नगरी फर्निचर सञ्चालन गरेका हुन् । हाल सम्म दर्ता नभएको र दर्ता...
मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...
हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ
हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...
थाहा नगरको जनकल्याण माविले प्रथम शैक्षिक मेला गर्ने
मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्याण माविले ‘प्रथम जनकल्याण शैक्षिक मेला–२०७९’ आयोजना गर्ने भएको छ । जनकल्याण माविको व्यवस्थापनमा थाहा नगर भित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित शैक्षिक मेला आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए । थाहा नगरमा रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि...
राजश्व नतिर्ने मकवानपुरगढीका ५ वटा क्रसर उद्योगमा ताला
मकवानपुर । राजश्व दाखिला नगर्ने मकवानपुगढीमा सञ्चालनमा रहेका ५ वटा क्रसर उद्योगमा गाउँपालिकाले तालाबन्दी गरेको छ । लामो समयदेखि ताकेतदा गर्दा पनि वेवास्ता गरेपछि गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीको नेतृत्वमा वडा अध्यक्षसहितको समूहले क्रसर उद्योगमा तालाबन्दी गरेको हो । गाउँपालिकाले राजश्व संकलन गर्न लामो समयदेखि ताकेता गर्दा पनि क्रसर व्यवसायीले...
राक्सिराङमा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक, यस्ता छन् निर्णय
मकवानपुर । दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएसँगै मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन पहल गर्नेसम्मको...
हेटौंडा–८ मा ज्येष्ठ नागरिकको निःशुल्क उपचार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेको छ । वडाभित्रका २ सय ७ जना ज्येष्ठ नागरिकलाई निः शुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको हो । वडा कार्यालयले शिविरको आयोजनामा गरेर निः शुल्क स्वास्थ्य परीक्षण तथा उपचार गराएको थियो...









