अन्तरराष्ट्रिय

डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

फ्रान्स । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका छन् । उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा...

वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

काठमाडौँ । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन्...

श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोरा–छोरी, भाञ्जीको सडक दुर्घटनामा मृत्यु

काठमाडौं । भारतको बिहारका लखिसरायमा भयानक सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यी सबै एक दाहसंस्कारमा समावशे भएर सुमो गाडीमा फर्किरहेका बेला ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटना स्थलमा ज्यान गुमाउने...

इक्वेडरको एक कारागारमा भएको झडपमा ६८ कैदीको मृत्यु

काठमाडौं । इक्वेडरको एक कारागारमा भएको झगडामा परि कम्तीमा ६८ कैदीको मृत्यु भएको छ । बीबीसीका अनुसार शुक्रबार साँझ उक्त कारागारमा झडप भएको हो । घटनापछि प्रहरी कारागारभित्रै प्रवेश गरेर हेर्दा बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको बताइएको छ । घटनामा २५ जना घाइते भएका छन्। पछिल्लो...

अफगानिस्तानको जलालाबादमा बम विस्फोट, १५ जना घाइते

काठमाडौं । अफगानिस्तानको जलालाबादमा बम विस्फोट, १५ जना घाइते अफगानिस्तानको जलालाबाद शहरनजिक शुक्रवार एक मस्जिदमा बम आक्रमण गरिँदा १५ जना घाइते भएको तालिबानका एक प्रवक्ताले जनाएका छन् । नानगारहार प्रान्तीय सरकारका प्रवक्ता कारी हनिफले ट्राइली शहरमा रहेको मस्जिदमा बम राखिएको पाइएको बताए । उक्त प्रान्तमा इस्लामिक स्टेट समूहले हिंस्रक...

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यानमार । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो । उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ...

जेलभित्रै विवाह गर्दै असान्ज

लन्डन । विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो । असान्जले कारागारका गर्भनरसँग विवाह गर्न अनुमति मागेका थिए । कारागार सेवाका प्रवत्ताले भने, ‘विवाहका लागि असान्जले पेस गरेको निवेदनलाई अन्य कैदीको निवेदनलाई...

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसिया । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ...

भारतमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु

राजस्थान । भारतको राजस्थानस्थित जोधपुर राष्ट्रिय राजमार्गमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु भएको छ । ठोक्किदा बस र ट्रक दुवैमा आगो लागेको थियो । ‘बस र ट्रक दुवैमा आगो लाग्दा जलेर ११ जनाको मृत्यु भएको छ,’ बाडमेरका एसपी दीपक भार्गवले बताए । दुर्घटनामा घाइते भएका २३ जनाको...

जम्मु–कश्मिरमा १ हप्तादेखि मुठभेड : ९ जना भारतीय सैनिकसहित २२ को मृत्यु

एजेन्सी । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा एक सातादेखि मुठभेड चलिरहेको छ । गत सोमबारदेखि भारतीय सेना र अतिवादी समूहबीच लडाइँ जारी छ र यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा भारतीय सेनाका ९ जना जवान समेत रहेका छन् । मुठभेडका क्रममा अतिवादी...