अन्तरराष्ट्रिय
काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएपछि अष्ट्रेलियाले रोक्यो उद्धार
अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो । आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक...
भारत बन्यो कोरोनाको नयाँ हटस्पट, एकै दिन थपि ९३ हजार संक्रमित
काठमाडौं । भारत कोरोनाको नयाँ हटस्पट बनेको छ । नयाँ तथ्यांक अनुसार एकै दिन सबै भन्दा धेरै संक्रमित फेला पर्ने देशहरुमा भारत पहिलो नम्बरमा पुगेको छ । शनिबार मात्रै भारतमा ९३ हजार नयाँ संक्रमित थपिएका थिए भने पाँच सय जनाले ज्यान गुमाएका थिए । पाँच महिनापछि भारतमा सर्वाधिक कोरोना...
नेपाल-जापान सम्बन्ध भाइचारा र आर्थिक कुटनीतिबाट प्रेरित छः जापानी राजदूत किकुता
युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन । यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए । त्योभन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर...
हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
न्युयोर्क । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको...
मोदीआलोचक बनर्जीको निर्वाचन क्षेत्रमा हिंसात्मक झडप, दुईको मृत्यु
नन्दीग्राम । भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमुल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच...
फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा
पेरीश । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् । म्याक्रोँले गत राति सो कुराको घोषणा गरेका छन् ।...
साना निक्षेपको ब्याजदर घटाउने निर्णयबाट पछि हट्यो भारत सरकार
कठमाडौं । साना निक्षेपको ब्याजदर घटाउने निर्णयबाट भारत सरकार पछि हटेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले ट्वीट गर्दै भुलवस साना निक्षेपको ब्याजदर घटाउने निर्णय सार्वजनिक भएको र सो निर्णय फिर्ता गरिएको बताएकी हुन् । सरकारले पब्लिक पोभिडेन्ट फण्ड(पीपीएफ) र नेशनल सेभिङ सर्टिफिकेट(एनएससी)को निक्षेपकर्ताहरुको ब्याजदर घटाउने निर्णय गरेको...
लोकतन्त्र मासेको भन्दै जापानले रोक्यो म्यान्मारलाई दिने सहयोग
टोकियो । जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ । म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो ।...
अमेरिकाले गर्याे म्यान्मारसँग व्यापार सम्झौता स्थगित, थप प्रतिबन्धहरु लगाउँदै
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ । सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान...
स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सार्न सफलता
स्वेज । स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् । नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् । म्यारिन–ट्राफिक डट कमले...










