अर्थ समाचार

पाम आयलकै बाटोमा भटमासको तेलः २० अर्बको कच्‍चा पदार्थ आयात गरेर १९ अर्बको तेल निर्यात

काठमाडौं । नेपालबाट विदेश निकासी हुने प्रमुख वस्तुमा भटमासको तेल परेको छ । झट्ट हेर्दा, यो तथ्यले मुलुकको कृषिजन्य उद्योगले निर्यात व्यापारमा फड्को मारेको जस्तो बुझिन्छ । तर, यसरी निर्यात भएको भटमासको तेल स्वदेशी कृषि उत्पादनमा आधारित होइन । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा २०...

सिता एयरले थाल्यो नेपालगञ्ज–पोखरा उडान सेवा

काठमाडौं । सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले उडान सेवा शुरु गरेको हो । बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणासहितको टोली नेपालगञ्ज...

बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता, कति तारे भनेर गेटैमा राख्नुपर्ने

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको...

इन्धन चोरी निकासी रोक्न सीमा क्षेत्रका पम्पले ड्रम, जर्किनमा इन्धन बेच्न नपाउने

काठमाडौँ । नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । निगमले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको हो । निगमले बिहीबार इन्धनको...

इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित...

लय समात्यो वैदेशिक व्यापारले, आठ खर्बको आयात, निर्यात कति ?

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा रु आठ खर्ब बढीको आयात भएको छ ।...

अन्ततः झक्कप्रसाद आचार्य बने आन्तरिक राजश्व विभागको महानिर्देशक

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो । आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा...

बोर्डको रिक्त सञ्चालकमा तीनजना नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको रिक्त सञ्‍चालक पदमा तीनजना नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चन्द्र रिजाल, कृष्ण शाह र ङावा ङिमा शेर्पालाई बोर्डको सञ्‍चालकमा नियुक्त गरेको हो । बोर्ड सञ्‍चालक सदस्यबाट दीपक महत, अवधेशकुमार दास र कृष्णबहादुर महराको पदावधि सकिएको थियो ।

‘श्रमिकको उद्धारमा एक रूपैयाँ पनि हिनामिना भएको छैन’

काठमाडौं । श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको एनआएनएले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको बताएका हुन् । श्रमिकहरुको उद्धारका विषयमा विभिन्न व्यक्तिहरुबाट सामाजिक सञ्जालमा आएका विभिन्न खाले कुराप्रति संघको ध्यानाकर्षण...

न्यादी जलविद्युत आयोजनाले जेठदेखि विद्युत् उत्पादन थाल्ने

काठमाडौं । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका...