मनोरञ्जन
भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन
काठमाडौँ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । आइतबार बिहान ८ः१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई...
बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा
काठमाडौं । कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् । ‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् ।...
बलिउड अभिनेता अमिताभ दयालको निधन
एजेन्सी । बलिउड अभिनेता एवं निर्माता अमिताभ दयालको हृदयघातबाट ५१ वर्षको उमेरमा निधन भएको छ। स्वास्थमा समस्या देखिएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएका उनको पछिल्लो १३ दिनदेखि उपचार चलिरहेको थियो। बुधबार बिहान साढे चार बजे हृदयघात भएपछि उनको अस्पतालमै निधन भएको अमर उजालामा प्रकाशित समाचारमा उल्लेख छ। तीन दिनअघि...
तेजस्वी प्रकाश बनिन् ‘बिग बोस १५’ को विजेता
एजेन्सी । अभिनेत्री तेजस्वी प्रकाश भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता बन्न सफल भएकी छन् । टप–३ मा पुगेकी तेजस्वीले करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर विजेता बन्न सफल भएकी हुन् । उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख (भारतीय रुपियाँ) प्राप्त गरेकी छन् । फिनालेमा...
ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन
काठमाडौं । निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । वि.सं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् । उक्त चलचित्रका लागि चलचित्र विकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र...
साउथ इन्डियन फिल्म ‘थिरिमाली’ नेपाली गीत पनि (भिडियोसहित)
काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको ‘रंग विरंगी’ साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ ले नेपालमा राम्रो हाइप बनाएको छ । प्रदर्शन मिति घोषणा नगर्दै टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण टिमले बिहीवार दोस्रो गीत ‘थेदुन्नू’ सार्वजनिक गरेको छ । गीत नेपाली र मलयाली भाषामा बनेको छ ।...
हिन्दी फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई...
‘पुष्पाः द राइज’ अमेजोन प्राइममा रिलिज हुँदै
काठमाडौं । सिनेमा घरमा तहल्का मच्चाएको दक्षिण भारतीय सिनेमा ‘पुष्पाः द राइज’को हिन्दी भर्जन ओटिटी माध्यममा रिलिज हुने भएको छ। अल्लु अर्जुन मुख्य भूमिकामा रहेको फिल्म शुक्रबार अर्थात् १४ जनवरीदेखि ओटिटी माध्यममा रिलिज हुन लागेको हो। फिल्म अमेजोन प्राइममार्फत प्रदर्शन हुँदै छ। फिल्मको तेलुगु भर्जन यसअघि नै ओटिटी माध्यममा...
‘पुष्पा’को सिक्वेललाई रस्मिकाले बढाइन् पारिश्रमिक
मुम्बई(बलिउड लाइफ) । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । यो फिल्मको लोकप्रियतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पाः द रुल’ को तयारीमा जुटेका छन् । यही क्रममा अभिनेत्री रश्मिकाले सिक्वेलका लागि आफ्नो पारिश्रमिकमा एक करोड बढोत्तरी गरेकी छन् ।...
ठमेलमा इण्डियन आइडल पवनदीपको कन्सर्ट हुने
काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन् । कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबले जनाएको छ । कोरोना भाइरसको नयाँ...










