मनोरञ्जन
जाहेरीपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा सहभागी भएनन् पल
काठमाडौं । अभिनेता पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अनुपस्थित भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आफू विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी फिल्मको प्रिमियरमा अनुपस्थित भएका हुन् । शाहबाट आफू पीडित भएको भन्दै एक नाबालिगले उनी विरुद्ध करणीको उजुरी दिएकी छन् । पलका कारण...
अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको...
लागूऔषध मुद्दामा पक्राउ परेका र्यापर लाउरेलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । नेपालका चर्चित र्यापर आशिष गुरुङ लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका लाहुरेलाई जिल्ला अदालत कास्कीले यस्तो आदेश दिएको हो । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ । लाहुरेसँगै...
के हो चर्चित गीत ‘नोगेन’को अर्थ ?
काठमाडौं । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’ बोलको गीत सुपरहिट भयो । सार्वजनिक भएको १२ दिनमै युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुलेको यो गीतले युट्युबमा दर्शकको प्रशंसा नै प्रशंसा कमाएको छ । यति मात्र होइन, यही गीतबाट संगीतकार महेश खड्काले पनि धमाकेदार कमब्याक गरेका...
‘हजुर मुसुक्कै’: एउटै म्युजिक भिडियोमा ३५ लाख लगानी
काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४–१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार...
रेखा थापाले गरिन् अदालती विवाह
काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।...
भ्यालन्टाइन डेको अवसरमा ‘माया तिमीविना’ सार्वजनिक
काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रिजोल नेपाली र अस्मिता परियारको स्वर, दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज रहेको गीत सोमबार सार्वजनिक गरिएको हो । प्रेमभावको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा प्रियना आचार्य, पूनम...
भोलीदेखि सिनेमा हल खुल्ने, पुष्पा र चपली हाइट–३ लाग्ने
काठमाडौं । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली...
‘चपली हाइट ३’ फेरि पर्दामा
काठमाडौं । फिल्म निर्माता अर्जुन कुमारलाई पछिल्ला केही महिना फापेन। कहिले आफ्नै कारण उनको फिल्म प्रदर्शन गर्न पाएनन् त कहिले महामारीका कारण फिल्म प्रदर्शन गर्न पाएनन्। तर, अब भने उनले फेरि एक पटक मौका पाएका छन्। ‘चपली हाइट ३’ फागुन १ गतेबाट फेरि पर्दामा आउने भएको छ। पछिल्लो पटक...
फागुन १ गतेदेखि सिनेमा हलसहित रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइने
काठमाडौं । फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न पाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ । व्यवसाय...










