मनोरञ्जन

भैरहवाका भुपेन्द्र भए नेपाल आइडल–४ को विजेता

काठमाडौं । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन। उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई...

किन हटाइयो पिरबाट ‘यौनकर्मी’को दृश्य ?

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो । गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए ।...

पल शाहमाथि दुई छुट्टाछुट्टै अदालतबाट कारवाही हुने जिकिर, ५ दिन म्याद थप्ने तयारी

काठमाडौं । बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिँदै छ । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका...

मनिषको ‘शमशेर’ फस्टलुक पोस्टर आउट

काठमाडौं । अभिनेता मनिष राउत ‘शमशेर’ बन्ने भएका छन् । नेपाली फिल्म ‘प्रेम गीत ३’ मार्फत अभिनयमा डेब्यु गर्ने तयारीमा रहेका अभिनेता राउतले ‘शमशेर’ मा शिर्ष भूमिका निर्वाह गर्ने भएका छन् । निर्माण पक्षले फस्टलुक पोस्टर आउट गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र...

पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता

काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को...

अक्षय कुमारले नेपाली दर्शकलाई सन्देश पठाउँदै भने– फिल्म हेर्नुस्, निराश बनाउँदैन

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् । ’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ...

अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका पललाई पुनः तनहुँ लगियो

मकवानपुर। नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई पुनः तनहुँ लगिएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।...

प्रकाश सपूतको प्रष्टीकरण : ‘गीतलाई राजनीतिकरण नगरौँ, यो व्यवस्थामा सोध्नुपर्ने कैयौँ प्रश्न छन्’

काठमाडौं। प्रकाश सपूतको नयाँ गीति भीडीओ सार्वजनिक भएको तीन दिन पनि नपुग्दै उक्त गीतले कला क्षेत्रमा मात्रै नभएर समाज र राजनीतिमा पनि ठूलो तरंग ल्याएको छ। माओवादी सशस्त्र युद्ध र राजतन्त्रको अन्त्यसँगै आएको नयाँ व्यवस्थापछि पूर्व लडाकुले भोग्नुपरेका अनेक प्रताडनाहरूलाई देखाउनेगरी गीतको भीडीओ बनेको छ। आम जनमानसबीच भीडीओ लोकप्रिय...

नेपालमा पहिलोपटक जापानी फिल्मको प्रिमियर हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक जापानी फिल्म ‘सोड आर्ट अनलाइन’को फ्यान प्रिमियर हुने भएको छ । विदेशी फिल्मको नेपाल वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले चैत १ गते फ्यान प्रिमियर गर्न लागेको हो । यो फिल्म चैत ४ गते नेपालका सिनेमा हलहरुमा रिलिज हुने जनाइएको छ । कम्पनीले सुपरहिरो फिल्म ‘माइ हिरो...

फेरि विवादमा परे कपिल शर्मा

भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माका लागि विवाद नयाँ कुरा होइन। विभिन्न कारणले पटकपटक सानादेखि ठूला विवादमा मुछिएका कपिल अहिले फेरि समस्यामा परेका छन्। सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका उनलाई सामाजिक सञ्जालमा निकै गाली गरिरहेको देख्न पाइन्छ। सामाजिक सञ्जालमा उनको कार्यक्रमलाई ब्वाइकट गर्ने ट्रेन्ड नै चलेको छ।...