एमसीसी पास गर्न नसघाउने नेकपा एसको निर्णय

अखबार हब
२०७८ आश्विन ७, बिहीबार १६:११

काठमाडौं। सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा पास गर्न नसकिने निर्णय गरेको छ। बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वर्तमान अवस्थामा एमसीसी राष्ट्र हित अनुकूल नरहेको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय सुनाउँदै सचिव जगन्नाथ खतिवडाले एमसीसी पास गर्न नहुने विषयमा केन्द्रीय कमिट एकमत रहेको बताए।

उनले भने, ‘अहिलेकै अवस्थामा एमसीसी राष्ट्रिय हित अनुकूल नदेखिएकाले पास गर्न नहुने निर्णय गरिएको छ। यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमति जुटाएर पारित गर्नुपर्ने हुन्छ।’

समाजवादीको निर्णयसँगै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई यस विषयमा थप धर्मसंकट सिर्जना भएको छ। सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्रको ठूलो समूह एमसीसीको विपक्षमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*