दीपिका एसियाकै प्रभावशाली महिला

अखबार हब
२०७८ भाद्र ३०, बुधबार ११:४१

बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा
गरेको हो । उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो ।

गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई समेत आधार मानेर एक नम्बर मानेको हो । गला बिंगोले फिल्म, व्यापार, राजनीति र फेसन क्षेत्रका मान्छेलाई पनि यो सूचीमा समेटेको छ ।

गला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*