शंकर पोखरेलविरुद्ध बुटवलमा दर्ता भएको अपहरण मुद्दा दाङ प्रहरीलाई रिफर हुँदै

अखबार हब
२०७८ भाद्र ३०, बुधबार ११:२३

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेकी छन्। पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेर बुटवल पुर्‍याई बन्धक बनाएर राखेको बुटवल प्रहरीमा दर्ता गराएको मुद्दामा उल्लेख गरेकी छिन् ।

उनले पोखरेलसंगै एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर ढकाल, पोख्रेलका नीजि सचिवालएका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

पोखरेल अल्पमतमा पर्ने निश्चित भएपछि आफुलाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएर राखेको सांसद बिमालाको दाबी छ ।

रुपन्देही प्रहरीले भने पोखरेलविरुद्ध मुद्दा दाङ प्रहरीलाई रेफर गर्ने तयारी गरेको छ। मुद्दाको घटना सुरुवात दाङ भएकाले मुद्दा पनि आजै दाङ प्रहरीमै पठाउन लागिएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*