एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठलाई सचिवको जिम्मा,अध्यक्षमा लम्साल
मकवानपुर । नेकपा एमाले मकवानपुरले १० बुदे सहमती कार्यान्वयन गर्दै आज ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
आज भएको जिल्ला बैठकले तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन गरिएको छ ।
बैठक एमाले पोलिट्व्युरो सदस्य एवं वागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको थियो ।







