नेपालसँग बंगलादेश २–१ गोल अन्तरले पराजित

अखबार हब
२०७८ भाद्र २४, बिहीबार १९:३७

मकवानपुर । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बङ्गलादेशलाई पराजित गरेको छ ।

विहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।

त्यस्तै बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काइन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*