एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता

अखबार हब
२०७८ भाद्र २४, बिहीबार १९:३४

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले अध्यक्ष नेपाल, प्रमेश हमाल र गंगालाल तुलाधरसहितका नेतासँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको हो ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*