दाहाल, नेपाल र यादवबीच हात्तिवनमा भेटवार्ता

अखबार हब
२०७८ भाद्र २४, बिहीबार १४:०४

काठमाडौँ । आज बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
जसपा अध्यक्ष यादव निवास हात्तिवनमा तीन नेताबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच बिहान ९ः३०देखि ११ः३० बजेसम्म भेटवार्ता भएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तार तथा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विषयमा छलफल भएको बताइएको छ ।

जसमा अध्यक्ष यादव एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी अहिलेकै अवस्थामा संसद्बाट पास गर्न नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले भने यसबारे आफ्नो कुनै पनि धारणा सार्वजनिक गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*