एमाले सांसदको चर्को विरोधका बीच गृहमन्त्रीले प्रस्तुत गरे दल सम्बन्धी अध्यादेश

अखबार हब
२०७८ भाद्र २३, बुधबार १७:५५

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमाले सांसदहरुको चर्को विरोधका बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन्।

बुधबार प्रतिनिधि सभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएका थिए।

सदन अवरोध गर्न तयार एमाले सांसद्हरुले बेल घेर्न नपाउँदै गृहमन्त्री खाण रोस्ट्रममा पुगिसकेका थिए। त्यसपछि एमालेका सांसद्हरुले होहल्ला गरिरहे। खाणले भने अध्यादेश पेश गरे।

अध्यादेश पेश भएसँगै सभामुख सापकोटाले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*