वागमती सरकारका नवनियुक्त मन्त्रीहरुले लिए सपथ,कस्ले कुन मन्त्रालय जिम्मेवारी पाए ?

अखबार हब
२०७८ भाद्र २३, बुधबार १५:१३

मकवानपुर । वागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पथ तथा गोपनियताको सपथ लिएका छन् । वागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मि शाक्यले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियतको सपथ ग्रहण गराएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा केशव पाण्डेलाई भौतीक पुर्वाधार विकास मन्त्रालय,रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय,शान्ति प्रसाद पौडेलालाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय,प्रदिप कुमार कट्वाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालय,डा.अजयकान्ती शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय,चन्द्र लामालाई भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिईएको छ भने जिवन खड्का,भौतिक पुर्वाधार राज्यमन्त्री,सरस्वती कार्की,उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री,जुनेली श्रेष्ठ सामाजीक विकास राज्यमन्त्री र बद्रि मैनालीले भुमी व्यवस्था कृषि तथा सहकरी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

एमाले विभाजन भएपछि अल्पमतमा परेकी शाक्यले मन्त्रिमण्डल विस्तार गरेकी हुन् । विस्तारित मन्त्रिमण्डलमा एमाले विभाजनपछि माधवकुुमार नेपाललाई साथ नदिएका सांसदहरू पनि छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*