ट्यूमर निकाल्न फुटबल खेलाडी पेलेको शल्यक्रिया

अखबार हब
२०७८ भाद्र २२, मंगलवार १३:१०

एजेन्सी । ब्रजिलका चर्चित फुटबल खेलाडी पेलेको ठूलो आन्द्रामा रहेको ट्यूमर निकाल्न शल्यक्रिया गरिएको छ। ६ दिनदेखि उनी अस्पतालमा भर्ना भएको विवरणहरू सार्वजनिक भएका छन्।

असी वर्षीय पेलेले सोमवार सामाजिक सञ्जालमा लेख्दै गत शनिवार ‘शङ्कास्पद घाउ’ निकाल्न आफ्नो शल्यक्रिया गरिएको जनाएका छन्।

‘भाग्यवश तपाईँहरूसँग महान् जित मनाउने बानी मलाई परिसकेको छ,’ ब्रजिललाई तीन पटक विश्वविजेता बनाउन सफल खेलाडीले लेखेका छन्।

‘म यो प्रतिस्पर्धा अनुहारमा मुस्कान र जिउनका लागि धेरै आशा अनि खुसीका साथ सामना गर्नेछु।’

पाँच दिनअघि बेहोस भएको खबरको खण्डन गर्दै उनले आफूले ‘नियमित परीक्षण’ गराएको बताएका थिए। अहिले उनले गत साता गरिएको परीक्षणमा ठूलो आन्द्राको दायाँतिर रहेको ट्यूमर पत्ता लागेको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*