परमिताले गाइन् ‘मायाको भूल’

अखबार हब
२०७८ भाद्र १९, शनिबार १५:२४

अभिनेत्री तथा मोडल परमिता आरएल राणा गायिका पनि हुन् । उनले बेला–बेलामा स्वरमा गीत ल्याउने गर्छिन् । अहिले भने उनले ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनकै स्वर पिरो राना र परमिताकै शब्द रहेको गीतमा प्रेममा बारम्बार धोका पाएपछि यूवतीले लिएको बदलाको कथा समेटिएको छ ।

गीतको भिडियोमा पनि परमिता आफैं देखिएकी छन् । उनलाई मोडलिङमा करुणा श्रेष्ठ र आशिष केसीले साथ दिएका छन् । भिडियो जेम्स लामाले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*