‘नेपालसँग प्रतिश्पर्धा गर्न सँधै कठिन हुन्छ’ – भारतीय कप्तान सुनिल क्षेत्री
१६ भदौ, काठमाडौँ । मैत्रीपुर्ण खेलअघि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपाली टिमसँग प्रतिश्पर्धा गर्न सँधै कठिन हुने गरेको तर्क राखेका छन् ।
नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने धारणा उनले राखेका छन् ।
‘मैले यसभन्दा अघि नेपालविरुद्ध खेल्दा टिममा रहेका धेरै खेलाडीहरु अहिले छैनन्, तर नेपालविरुद्ध खेल्न सँधै कठिन हुने गर्दछ, नेपाली टिमले बाहिर गएर खेल्नु र घरेलु मैदानमा खेल्नु धेरै फरक कुरा हो’ भारतीय कप्तान क्षेत्रीले भने ।
भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफुले खेलाडीहरुबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए ।
उनले नेपाली टिमले डिफेन्समा सुधार गरेको अुनमान लगाउँदै नेपाली टिमले राम्रो खेल पस्कने आफुले विश्वास लिएको बताएका छन् ।







