पत्रकारको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी

अखबार हब
२०७८ भाद्र १४, सोमबार १७:३९

पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ ।

नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका पदाधिकारीहरूले भद्रकाली मन्दिर पुगेर मुलुक र जनताप्रति सधैं वफादार रहने भन्दै सपथ लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*