चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ”मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”







