आलुऔषधसहित मकवानपुरका चार युवा पक्राउ

अखबार हब
२०८२ चैत्र ३०, सोमबार २१:१६

मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ ।

शनिबार र आईतबार दुई दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको टोलीले जिल्लाका विभिन्न स्थानबाट ४ जना युवालाई लागुऔषधसहित नियन्त्रमा लिएको हो ।

पक्राउ पर्नमा हेटौंडा -११ बस्ने ३२ बर्षिय बिकी बिश्वकर्मा, वडा नम्बर १२ बस्ने बर्ष ३० को बुद्ध स्याङतान, मकवानपुरगढी वडा नम्बर १ बस्ने बर्ष ३० को सुमन लामा र मकवानपुरगढी वडा नम्बर ३ बस्ने बर्ष १९ को गणेश घिमिरे रहेका छन् ।

प्रहरीले विश्वकर्मा र स्याङ्ताको साथबाट प्रतिबन्धित लागूऔषध खैरोहेरोईन ३ ग्राम १३० मिलिग्राम र ट्रामाडोल १० क्यापसुल, घिमिरे र लामाको साथबाट २ किलो ४ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

पक्राउ परेका चारै जना युवामाथि लागुऔषध कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*