एकताबद्ध भएर चुनौतीको सामना गरौँः राना

अखबार हब
२०८२ चैत्र १०, मंगलवार २२:१०

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर चुनौतिको सामना गर्नुपर्ने बताउनु भएको छ ।

एमाले बागमती गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै पार्टीलाई जनताबाट अलग्याउन र पार्टीको विपक्षमा भ्रम सृजना गर्न अन्तराष्ट्रिय शक्ति नै लागेको र राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास समृद्विको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउन लागेको बताउनु भयो।

उहाँले निर्वाचन परिणाम अनुकुल हुन नसके पनि पार्टीको पक्षमा उत्साहपूर्क परिचालित सबै नेता कार्यकर्तालाई धन्यवाद भन्दै अविचलित रूपमा देश, जनता र पार्टीको पक्षमा लागि रहन आग्रह गर्नुभयो ।

बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले ईतिहासमा नै नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन संकटमा परेको र परिवर्तनकारी आन्दोलनको पक्षमा निरन्तर भूमिका खेलेको एमाले तथा नेतृत्वमाथी प्रहार भएको बताउनु भयो ।

हामीले राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सृदृढीकरण र विकास समृद्विको पक्षममा उभिका छौँ, अझ दृढ भएर उभिन जरूरी छ जनताको बीचमा हामीप्रति फैलाएर भ्रमहरूलाई चिर्न जरूरी छ उनले भने ।

बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङ्गदोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनको समिक्षात्मक मन्तव्य राख्नु भएको थियो । पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाईवालगायतको उपस्थिति रहेको थियो। बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिहरूले निर्वाचनको समिक्षात्मक रिपोर्ट पेश गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*