मकवानपुरमा चल्यो गोलि
हेटौंडा । मकवानपुर प्रहरीले गोलि चलाएको छ ।
बुधबार राति मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थित लागुऔषध प्रयोग कर्तालाई सामान्य सोधपुछ गर्ने क्रममा प्रहरी सहाय निरीक्षक दिलबहादुर तमाङलाई बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेपछी प्रहरीले एक राउन्ड गोलि चलाएको हो ।
गोलि लाग्दा हेटौंडा १२ हात्तीगैडा बस्ने बर्ष १९ को सनिस तितुङ घाइते भएका छन् भने बन्चरो प्रहारबाट घाइते भएका प्रहरी तमाङ घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइते दुबै जनाको सिएमसी चुरेहिल अस्पताल उपचार भइरहेको बोगटीले बताए ।
घटना स्थलबाट प्रहरीले हेटौडा-१२ रमनटार बस्ने बर्ष२४ को सन्जय जिम्बा र सोही स्थान बस्ने बर्ष ३५ को अजय थिङलाई समेत नियन्त्रण लिएको छ ।
पक्राउ परेका २ जना र गोली लागि घाइते व्यक्ति बिगतमा विभिन्न अपराधमा लागुऔषध , ज्यान मार्ने उद्योग र चोरीमा संलग्न देखिएको जनाएको छ ।









