मकवानपुरको २ वटै क्षेत्रमा रास्वपाको जीत
मकवानपुर। प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरका दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विजयी भएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकी नेत्री महालक्ष्मी उपाध्याय डिनालाई २१ हजार ९९५ को भारी मतान्तरले पछी पार्दै रास्वपाको कार्यवाहक जिल्ला सभापतिसमेत रहेका प्रकाश गौतम विजयी भएका हुन् । गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दा डिनाले १४ हजार ३८ मत प्राप्त गरेका छन् । एमालेका रामेश्वर रानाले भने १२ हजार ७८३ मत प्राप्त गरेर तेस्रो भएका छन् ।
त्यसैगरि क्षेत्र नम्बर २ मा एमालेका महेश बर्तौलाई करिब १० हजार सय मतले पछी पार्दै रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन् । यस क्षेत्रमा उप्रेतीले ३० हजार ५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिदोन्द्धि एमालेका बर्तौला १८ हजार ८४६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् ।
बर्तौला यसअघि यस क्षेत्रबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरेर तेस्रो भएका छन् ।







