मकवानपुर–१ मा रास्वपाको जित पक्का
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमको जित लगभग निश्चित भएको छ। उनको अग्रताभन्दा कम मत मात्रै गणना गर्न बाँकी रहेकाले विजय सुनिश्चित भएको हो।
पछिल्लो मतपरिणाम अनुसार गौतमले ३५ हजार ४६१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महालक्ष्मी उपाध्याय डिनाले १२ हजार ७५४ मत पाएका छन्। यससँगै गौतमले २२ हजार ७०७ मतको फराकिलो अग्रता कायम गरेका छन्। नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ४ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा अब ३ हजार ६५८ मत मात्रै गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अग्रता र बाँकी मतको अवस्थालाई हेर्दा गौतमको जित लगभग पक्का भएको देखिएको हो।
मकवानपुर–१ मा कुल ९५ हजार ३१० मत खसेकोमा हालसम्म ९१ हजार ६५२ मत गणना भइसकेको छ।







