मकवानपुरको मतगणना भोली हुने, मतपेटीका ल्याउने क्रम जारी

अखबार हब
२०८२ फाल्गुन २१, बिहीबार २२:०८

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानबाट सुरु हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार भोलि ७ बजेका लागि सर्वदलीय बैठक आव्हान गरिएको छ । उक्त बैठक पश्चात् सर्वसहमतिमा गणना प्रक्रिया अगाडि बढाइनेछ।

जिल्लाभरको मतपेटिका राति १२ बजेसम्म संकलन गरिसक्ने जनाइएको छ। ‘राति १२ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने गरी हामीले तयारी गरेका छौं,’ उनले भने, ‘मतपेटिका संकलनपश्चात सर्वदलीय सहमतिपछि हामी मतगणना प्रक्रिया अगाडि बढाउने छौं ।’

हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना गर्न तारजालीसहित ठाउँ बनाइएको छ ।

मकवानपुरमा ५९ प्रतिशत मतदाताले मतदान गरेका छन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १ लाख ८६ हजार ५ सय ५१ जनाले मतदान गरेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लामा ३ लाख १५ हजार ३३४ मतदाता रहेका थिए ।

ढकालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ९५ हजार ३ सय १० मत खसेको छ भने क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ जनाले मतदान गरेका छन् । ३ सय ७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*