मकवानपुरमा ५५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान

अखबार हब
२०८२ फाल्गुन २१, बिहीबार १८:०८

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा करिब ५५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मतदानको समय सीमा ५ बजेसम्म केही स्थानमा मतदाताहरु लाइन बसेर मतदान गरेको कारण अन्तिम संख्या आउन अझै केही समय लाग्नेछ । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका थिए । बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर शान्तिपूर्ण रूपमा भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । ३७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अब क्रमशः मतपेटिका संकलन कार्य सुरु हुनेछ ।

मतपेटिका संकलनपश्चात सर्वदलीय सहमतिपछि हामी मतगणना प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*