रास्वपाको विरोध गर्दा मकवानपुरगढीका पाण्डे हिरासतमा, उम्मेदवार गौतमले दिएका थिए जाहेरी
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम उच्चारण गर्दा मकवानपुरमा एक युवक प्रहरी हिरासतमा पुगेका छन् । मकवानपुरगढी गाउँपालिका ६ का स्थानीय प्रकाश पाण्डे जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत पुगेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सामान्य विरोध गर्दा उनी हिरासत पुगेको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सिंहदरबार जलाउनेलाई टिकट दिएको र सोही कुरो सार्वजनिक गर्नेलाई मुद्दा चलाइएको भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देश बनाएपछि पाण्डे पक्राउ परेका हुन् ।
मकवानपुरगढीका युवा पाण्डेले रास्वपालक्षित भिडियो सन्देश सार्वजनिक गरेपछि मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपा उमेदवार प्रकाश गौतमले पाण्डेविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पाण्डेले सार्वजनिक गरेको भिडियो सन्देशमा उमेदवार लक्षित कुनै अभिव्यक्ति नदिएको अवस्थामा पनि रास्वपा उमेदवार गौतमले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । पाण्डेको पक्राउपछी मकवानपुरमा रास्वपाप्रति जनलहर घटेको र आममतदाताले यसबारे गौतमलाई कडा प्रश्न सोधेको बताइन्छ ।
आठ दिनदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका उनलाई साईबर अपराध मुद्दा लगाइएको छ । पाण्डेको वडाका एकजनाले भने, ‘यति बोल्दैमा मुद्दा लाग्नु पर्ने कारण केही थिएन । रास्वपाको रगरगी बढी भो ।’ जनआस्थाबाट साभार गरिएको समाचार ।







