भुटनदेवी स्कुुलमा मदगणना हुने
मकवानपुर । फागुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मत गणना हेटौंडा ४ स्थित भुटनदेवी माविमा हुने भएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मतदान पश्चात मतगणना कार्य भुटनदेवी माविको ए र बि ब्लकमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । जिल्लाका सबै निर्वाचन केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछी मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर–१ मा ६२ मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् भने १ हजार ६८ कर्मचारी खटाइएको छ । त्यसैगरी क्षेत्र २ का १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र छन् । ती केन्द्रमा १ हजार १ सय ७६ कर्मचारी खटाएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन् । यस अघि निर्वाचनको मतगणना हेटौंडा २ स्थित सिद्धार्थ माविमा हुने गरेको थियो ।







