धादिङ बस दुर्घटनामा मृत्यु हुनेको सख्या १८ पुग्यो

अखबार हब
२०८२ फाल्गुन ११, सोमबार ०७:३८

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताए । बसमा ४६ यात्रु रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार जारी राख्दा मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ ।

बस सडकबाट ३ सय मिटर तल खसेको पाइएको छ । आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*