कैलाशको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भवानी माविलाई

अखबार हब
२०८२ फाल्गुन ५, मंगलवार २०:३६

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा ३ स्थित भवानी माविले हात पारेको छ ।

भवानी माविले लगातार तीन पटकसम्म राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो । प्रतियोगितामा भवानी मावि ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक प्राप्त गर्दै प्रथम भएको हो ।

यसैगरी ५ स्वर्ण, ५ कास्य र ५ रजत पदक प्राप्त गर्दै कैलाश-१० को रत्नज्योति मावि द्वितीय भएको गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । यसैगरी ४ स्वर्ण ४ कास्य र ५ रजत पदकसँगै कैलाश-९ को कालिका माविले तेस्रो स्थान हासिल गरेको छ ।

एथ्लेटिक्स तर्फ विभिन्न खेलको प्रतियोगिता गरिनुका साथै छात्रछात्रा भलिबल समेत प्रतिस्पर्धा गरिएको थियो। छात्रतर्फको भलिबल प्रतियोगितामा रत्नज्योति माविले कमलादेवी माविलाई १९–२५,२५–२३, १५–११ मा पराजित गरेर रत्नज्याति मावि विजेता बनेको थियो । छात्रातर्फको भलिबलमा कमलादेवी मावि विजेता बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*