लिलौटी बस दुर्घटनाः पाँच जनाको शव निकालियो

अखबार हब
२०८२ माघ २८, मंगलवार १२:३५

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो । दुर्घटना अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि गरे ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।

तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*