मकवानपुरमा १५ जनाले मात्रै बुझाए हतियार

अखबार हब
२०८२ माघ २७, सोमबार २०:१८

हेटौंडा । फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह अनुसार सोमबारसम्म १५ जनाले मात्र इजाजत प्राप्त निजी हतियार प्रहरीलाई बुझाएका छन्।

जिल्ला प्रहरी मकवानपुरका अनुसार जिल्लाभर ६० जनाले हतियार राख्ने अनुमति लिएका छन् । अनुमति लिएर हतियार राखेकामध्ये अझै ४५ जनाले बुझाउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए ।

निर्वाचन सकिएपछि चैत २० गते ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तोकिएको समयमा हतियार नबुझाउनेलाई कारबाही गरिने डीएसपी बोगटीले बताए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले माघ अन्तिमसम्म आफुसँग भएका हतियार बुझाउन सार्वजनिक सूचना गरेको थियो ।

निर्वाचन सुरक्षाका लागि मकवानपुरमा करिब ४ हजार सुरक्षाकर्मी र २ हजार १ सय २१ जना निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*