सिआन पुर्नस्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर

अखबार हब
२०८२ माघ ९, बिहीबार २०:४२

हेटौडा । सिआन पुर्नस्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन, लागुऔषध तथा पदार्थ दुर्व्यसनबाट पुनःस्थापना, तथा सार्वजनिक स्वास्थ्य र शिक्षाको स्तर अभिवृद्धि गर्ने साझा उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्र बिहिबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा एक औपचारिक कार्यक्रमबीच सम्पन्न भएको हो ।

समझदारी अनुसार, दुवै संस्थाले आपसी चासोका क्षेत्रहरूमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका आधारमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समझदारीमा लागुऔषध तथा पदार्थ दुर्व्यसन पुनर्स्थापना, मानसिक स्वास्थ्य सहयोग तथा परामर्श सेवा, सार्वजनिक स्वास्थ्यसम्बन्धी जनचेतना तथा शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल सहयोग तथा इन्टर्नशिप (प्रशिक्षण) अवसर प्रदान, क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन, संयुक्त अनुसन्धान तथा प्रकाशन, संकट हस्तक्षेप तथा समुदायस्तरीय पहुँच विस्तार, साथै नीति पैरवी तथा रणनीति विकासलगायत विषयहरू समेटिएका छन् ।

सिआन पुनर्स्थापना केन्द्रको तर्फबाट कार्यकारी निर्देशक शौजन डिसी र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. प्रदीप ज्ञावलीले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*