मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी

अखबार हब
२०८२ आश्विन २२, बुधबार २०:१६

हेटाैंडा । मकवानपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएकाे छ ।

अनेरास्ववियु मकवानपुरका संयाेजक नवराज शर्मा पाैडेलले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बाेहरालाई आज बुधवार बालेन र सुदनविरुद्ध अपराधिक उपद्राे मुद्दामा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता भने गरेकाे छैन ।

एसपी बाेहराले मकवानपुर घटनाकाे कार्यक्षेत्र नभएकाले जाहेरी दर्ता गर्न नमिल्ने अनलाइनखबरलाई जानकारी दिए । संयाेजक पाैडेलले भने सरकारी वकिल कार्यालयसँग सल्लाह गर्ने बताउँदै एसपी बाेहराले भाेलि ११ बजे छलफलका लागि बाेलाएकाे जानकारी दिए ।

जाहेरीमा बालेन र सुदनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ काे दफा १७७, दफा १७८, दफा २४४ र दफा २८५ (अपराधिक उपद्रव) गरेकाे अभियाेग लगाउन माग गरिएकाे छ । जाहेरीमा बालेन र सुदनले २३,२४ भदाैमा भएकाे जेनजी प्रदर्शनमा आएका विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक र निजी सम्पतिमा क्षति गराउनुका साथै मानवीय क्षति हुने गरी हत्या गरिएकाे आराेप लगाईएकाे छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीले मंगलबार काठमाडाैंमा बालेन र सुदनविरुद्ध जाहेरी दिएकाे थियाे । त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी परेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*