सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

अखबार हब
२०८२ आश्विन २२, बुधबार १०:५५

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो सुन प्रतितोला २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*