पार्टीमा पुनर्गठन आवश्यक : पूर्व मुख्यमन्त्री पौडेल

अखबार हब
२०८२ भाद्र ३०, सोमबार १६:१६

हेटौंडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले पुर्नगठन गर्नुपर्ने बताएका छन । सोमवार दिउँसो पूर्व मुख्यमन्त्री तथा नेकपा एमालका नेता पौडेलले सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दे अब सबै पार्टी संघ संगठनहरुको पुर्नगठन गरी नयाँ शिराबाट पार्टी निर्माणमा जुट्नु पर्ने बताएका हुन ।

भ्रष्टाचार विरुद्ध जेन–जी पुस्ताले देशभर गरेको प्रदर्शन लगत्तै भएको राजनीतिक उथलपुथलबीच उनले यस्तो बताएका हुन ।

उनले “प्यारा युवा भाइबहिनीहरु शक्तिमा रहुन्जेल देवत्वकरण गर्ने समस्या आएपछि पलायनको बाटो रोज्ने यस्तो अवसरवादी सोच काहाँबाट पलायो ? तपाईहरुमा भएको निरासाले हामीलाई कहिँ पुर्याउदैन सुदृढ एकता आजको आवश्यकता हो ” । हाम्रो ध्यान त्यता जान पर्दछ । भन्दै,सबै पार्टी संघ संगठनहरुको पुर्न गठनगरी नयाँ शिराबाट पार्टी

निर्माणमा जुट्नु पर्ने बताएका छन । गत भदौ २३ र २४ गते जेन–जीले देशभर गरेको आन्दोलनको क्रममा पूर्व मुख्यमन्त्री पौडेलको हेटौंडामा रहेको निवासमा समेत आगजनी भएको छ भने आगजनीले घर पूर्णरूपमा क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*