सीसँगको भेटमा प्रधानमन्त्री ओलीले उठाए लिपुलेकको सम्झौता

अखबार हब
२०८२ भाद्र १४, शनिबार २०:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटमा भारत र चीनबीच लिपुलेक पासमा भएको सम्झौताप्रति आपत्ति जनाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै आजै चीनमा भएको प्रधानमन्त्री ओलीले र राष्ट्रपति सीबीचको भेटमा ओलीले लिपुलेक नेपालको भूभाग भएको र भारत र चीनबीचको सम्झौताप्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली आजै चीन पुगेका थिए । उनले राष्ट्रपति सीसँग भेटवार्ता गरिसकेका छन् । चीनमा उनको भव्य स्वागत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*