ज्येष्ठ नागरिकलाई प्रेस चौतारी मकवानपुरको सहयोग
हेटौडा । प्रेस चौतारी नेपाल मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–१५, स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा पुगेर ज्येष्ठ आमाबुबासँग भेटघाट गरेको छ ।
आश्रममा रहेका आमाहरुलाई धोती र सबै ज्येष्ठ नागरिकलाई फलफूल उपलब्ध गराउँदै चौतारीका पदाधिकारी र सदस्यहरुले अन्तरक्रिया पनि गरेका छन् । ‘यो त भेट्ने सानो बहाना मात्रै हो, तर ज्येष्ठ नागरिक आमाबुबा हामी सबैको साझा सम्पत्ति र जिम्मेवारी हुनुहुन्छ भन्ने बोधलाई अझ गहिरो बनाउने अवसर बन्यो,’ प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालले भनिन् ।
कार्यक्रममा आश्रमका संरक्षकसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य केदारप्रसाद न्यौपाने, आश्रमकका अध्यक्ष टीआर निरौला, नेकपा एमाले हेटौंडा उपमहानगरका अध्यक्ष बोलबहादुर कार्की, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज पुष्पराज अधिकारी, बागमती प्रदेश महासचिव प्रकाश दाहाल, प्रदेश कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज विवश अधिकारीको आतिथ्यता रहेको थियो ।
यस्थै, चौतारी मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष प्रतिक्षा न्यौपाने, कोषाध्यक्ष अशोक बजगाईं, सहसचिव मनिल महतो, सदस्यहरु स्मिता अर्जेल, निसा गुरुङलगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष दाहालले आश्रमका आमाबुबाबाट प्राप्त आशीर्वादले आफूहरुलाई अझ जिम्मेवारीपूर्वक समाजसेवामा अघि बढ्ने हौसला मिलेको बताइन् ।







