मुख्यमन्त्री ईन्द्र बानियाँको क्याबिनेटले पायो पूर्णता(नामावलीसहित)

अखबार हब
२०८२ श्रावण ३१, शुक्रबार १५:४९

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रिक्त रहेका ६ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।

यस्तो बन्यो बागमतीको मन्त्रिपरिषद्
१. इन्द्रबहादुर बानियाँ : मुख्यमन्त्री

२. मधुसूधन पौडेल : मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

३. शिवराज अधिकारी : मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४. किरण थापामगर : मन्त्री, स्वास्थ्य मन्त्रालय

५. उर्मिला नेपाल : मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

६. कन्चनचन्द्र वादे : मन्त्री, सामाजिक विकास मन्त्रालय

७. डा. दिनेशचन्द्र देवकोटा : मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

८. प्रभात तामाङ : मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

९. भरतबहादुर केसी : मन्त्री, वन तथा वातावरण मन्त्रालय

१०. सुरेश श्रेष्ठ मन्त्री : संस्कृति तथा पर्यटन मन्त्रालय

११. जयराम थापा : मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय

१२. कृष्णकुमार तामाङ : मन्त्री, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय

१३. विन्दु श्रेष्ठ : मन्त्री, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

१४. विनु रायमाझी पौडेल : मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

यसमा तपाइको मत

Your email address will not be published.


*