गुरु पूर्णिमाको अवसरमा सिटी कलेजमा रक्तदान
हेटौंडा । गुरु पूर्णिमाको अवसर पारेर हेटौंडा–५, मा रहेको जेनिथ सेकेन्डरी स्कुल/सिटी कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रशासक सुमन्त सिलवालले रक्तदानले जीवन बचाउने मात्र नभई सामाजिक उत्तरदायित्व पुरा गर्न पनि सहयोग पुर्याउने बताए। उनले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए।
कार्यक्रमले गुरु पूर्णिमाको अवसरलाई सामाजिक सेवासँग जोड्न सक्ने उदाहरणीय पहलको रुपमा सकारात्मक सन्देश दिएको सहभागीहरुले बताएका छन्।







