कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ८६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
मंगलबार भएको गाउँसभाको १६ ओैँ अधिवेशनकाबीच उपाध्यक्ष बालकुमार मल्लले कुल ५३ करोड ८६ लाख २० हजार रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आवका लागि चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पूँजीगत तर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले सामाजिक क्षेत्रतर्फ ३ करोड ७९ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासको क्षेत्रमा १० करोड ११ लाख र आर्थिक विकासतर्फ १ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ ।वातावरण तथा विपद् व्यवस्थापनमा ४३ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि ७८ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक आयतर्फ २ करोड ३७ लाख रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । त्यस्तै सशर्त अनुदानबापत १९ करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ करोड ६७ लाख विशेष अनुदानबापत ७५ लाख, समपुरक अनुदान २ करोड ५८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ९० लाख ५२ हजार, सशर्त अनुदानतर्फ १३ करोड ४४ लाख, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ६६ लाख र सवारी साधन राजस्व बाँडफाँटबाट ३ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
उपाध्यक्ष मल्लले गाउँसभामा पेश गरेको बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । त्यस्तै अध्यक्ष लोकबहादुर मुक्तानले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत रुपमा पारित गरिएको छ ।







