भीमफेदीको बजेट ८५ करोड ४५ लाख

अखबार हब
२०८२ असार १०, मंगलवार २१:२८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजिनक गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि उपज प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकतामा राखेको छ ।

सभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष हिदम लामाले कृषि उपज प्रशोधन केन्द्र स्थापनाले समग्र भीमफेदी गाउँपालिकालाई विकसित बनाउनतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

त्यसैगरी पालिकाले आगामी आवका लागी ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट सार्वजनिक गरेको छ ।

भीमफेदीका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, ऐतिहासिक भीमफेदी सहरलाई पुर्नजागृत गरी सास्कृतिक सहरको रुपमा विकास गर्ने, नीजि क्षेत्रलाई केबलकार निर्माण गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न अवाश्यक सहजीकरण गर्ने योजना पालिका अघि सारेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम अनुसार, आगामी आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रभित्र उत्पादन हुने हरियो तरकारीहरु रायोको साग, मुला, बन्दा, काउलीको उचित बजार मुल्य पाउने गरी प्रदेश सरकारको सहयोगमा कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । पालिकाभित्र दर्ता हुने व्यवासयिक प्रतिष्ठानहरुलाई निःशुल्क दर्ता गर्ने व्यवस्था गरिएको छ भने लगानीमैत्री वातावरण बनाउन नीतिगत र कानूनी व्यवस्था गर्ने लक्ष्य पालिकाको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*