थाहा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

अखबार हब
२०८२ असार ३, मंगलवार १६:३३

थाहा । थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार थाहा नगरपालिकामा एक कार्यक्रम बीच थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले पालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार सबै प्रक्रिया पुरा गरेकोले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् ।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता भन्ने नारा सहित थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, १२ वटै वडाका वडा अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

१२ वटा वडा रहेको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ सहित पालुङ, बज्रवाराही, चिलाङ, टिस्टुङ र आग्रामा स्वास्थ्य चौकी र तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्र रहेका छन्।

थाहा नगरपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणाका निम्ती योगदान पु¥याउने वडाका स्वास्थ्य संस्थाहरुलाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*