हेटौंडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

अखबार हब
२०८२ बैशाख १५, सोमबार ०७:५१

हेटौंडा । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।

आइतबार राती ११:४० बजेको समयमा पूर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा-८ एचआइडी स्थित पोखराबाट कटाहारी तर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्कर बाट पैदल यात्रुको मृत्यु भएको हो ।

मकवानपुर प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर- ३ कटैया बस्ने बर्ष ३६ को परबेज अन्सारीको उपचारको क्रममा आज बिहान १:१३ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको जनाएको छ । मृतक अन्सारी ना ५ ख ८६६८ नम्बरको ट्रकको धनी रहेको र ट्रक सोही क्षेत्रमा बिग्रिएर मर्मतको लागी मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटना पछि फरार रहेको बस बारा प्रहरीले नियन्त्रणमा लिई बिहान ३ बजे चालक उदयपुर कटारी नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३९ को युवराज माझीलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको डिएसपी अर्यालले बताए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*