पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उदेश्यले हेटौंडा-सौराहा साइकल यात्रा

अखबार हब
२०८२ बैशाख १२, शुक्रबार २२:३२

हेटौंडा। पर्यटन प्रर्वद्धनमा टेवा पुर्या्उने उदेश्यले हेटौंडा देखि चितवनको सौराहा सम्म साइकल यात्रा गरिएको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा पाँच सय जनाले साइकल यात्रा गरेको हो । कार्यक्रमलाई साइकल सीटी मकवानपुरले समन्वयन गरेको हो ।

आज बिहान हेटौंडाको बुद्धचोकबाट पन्चैबाजा, नेवारी वाजा, खैजेडी भजन सहित उद्घाटन गरिएको कार्यक्रमको समापन भने आज दिउँसो सौराहामा गरिने छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उदेश्यले गरिएको साइकल यात्रामा देशका विभिन्न जिल्लाका साइकल यात्रीहरु सहभागि भएका छन् ।

हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन् गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस कार्यक्रमबाट पर्यटन प्रर्वद्धनमा ठुलो टेवा पुग्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिब दिपेन्द्र सुवेदी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । बुद्धचोकबाट सुरु भएको साइकल यात्राले हेटौंडाका धार्मिक तथा पर्यटकिय स्थलको परिक्रमा गरेर सौराहा तर्फ लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*