हेटौंडामा जबरजस्ती करणी अभियोगमा ७ किशोर पक्राउ

अखबार हब
२०८१ फाल्गुन २४, शनिबार १२:११

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका –२ स्थित वनस्खण्डी मन्दिर नजिकको जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेका छन्।

प्रहरीका अनुसार, पीडित युवतीले २१ फागुनमा घटनाबारे जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २२ फागुनमा हेटौंडाका विभिन्न स्थानबाट पाँच जना किशोरलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ परेकाहरूमाथि जबरजस्ती करणी कसुरमा जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

त्यसैगरी, २३ फागुनमा थप दुई जना आरोपीलाई पक्राउ गरिएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा अनुसन्धान जारी रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*