इन्द्रसरोवरका नेसुर बागमती नदिमा मृत्यु भेटिए
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर- ३ दोभानका ३५ बर्षिय श्याम नेसुर मृत अवस्थामा फेला परेको छ ।
गत फागुन १४ गते घर छोडी हिडेका नेसुर बिहिवार बिहान घर देखि दुई किलोमीटर पुर्व पट्टी रहेको दोभान स्थित बागमती नदिमा मृत अवस्थामा फेला परेको हो । नेसुर आफुखुसी घर छाडी हिडेको र शव दोभान स्थित बागमती नदिको बिचमा ढुङ्गामा अल्झेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।







